नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
भूमिसुधार तथा मालपोत कार्यालय गुलरिया, बर्दिया
बर्दिया

हाम्रो बारेमा

१. परिचय

१.१. बर्दिया जिल्लाको संक्षिप्त परिचय :-

            नेपालको मध्य पश्चिमाञचल विकास क्षेत्र अन्तरगत पर्ने भेरी अञचलको दुई वटा तराईका जिल्ला मध्ये बर्दिया जिल्ला खाद्यन्नको भण्डार भनेर चिनिने जिल्ला हो । यो जिल्लाको कूल क्षेत्रफल द्दण्द्दछ वर्ग किलोमिटर रहेको छ । २८७" देखि २८३९"  उत्तरी आक्षांश र ८१३" देखि ८१४" पूर्वी देशान्तरसम्म फैलिएको यस जिल्लाको सदरमुकाम गुलरिया हो । यो जिल्ला समुद्र सतहबाट करीब १३९ मिटर देखि १२४९ मिटर सम्मको उचाईमा रहेको छ । यस जिल्लाको ४ किल्ला हेर्दा पूर्वमा बाँके जिल्ला, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र दक्षिणमा भारतको बहराइच जिल्ला पर्दछ । भू-क्षेत्रको विभाजन हेर्दा जिल्लाको कुल भू-भागको 68.77% अर्थात 1,56,796 हेक्टर तराई र 31.23% अर्थात 71,804 हेक्टर भू-भाग सिवालिक क्षेत्रमा पर्दछ । जिल्लाको कूल भूमिको बढी भाग अर्थात 42.98% प्रतिशत राष्ट्रिय निकुञ्जमा पर्ने, 32.89% भू-भाग मात्र कृषि क्षेत्रको प्रयोगमा रहेको र बाँकी भागमा अन्य क्षेत्र पर्दछ । भौतिक पूर्वाधारको दृष्टिकोणले पछाडी परेको भए पनि कृषि र पर्यटनको दृष्टिकोणबाट भने उच्च संभावनायुक्त  जिल्ला रहेको छ ।   

१.२. राजनैतिक र प्रशासनिक विभाजन (संघीय संरचना विवरण अनुसार विभाजन विवरण) :-

            प्रदेश :-            ५ नं. प्रदेश

            जिल्ला :-           बर्दिया

            निर्वाचनक्षेत्र :-       क) संघीय निर्वाचन क्षेत्र :- २ ख ) प्रदेश निर्वाचन क्षेत्र :- ४

स्थानीय तह :-      ८ (नगरपालिका :- गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया र बाँसगढी गरी ६ वटा तथा गाउँपालिका :- बढैयाताल र गेरुवा गरी २ वटा रहेका छन् ) ।

 १.३ भू वनोट :- समथर तराई तथा केहि चुरे पहाडी भाग रहेको छ ।

            तापक्रम :- औषत १७.५ देखि ३४.५ डि.से.

      जलवायु :- उष्ण देखि समशितोष्ण       औषत वर्षा :- ११८ मि.लि.

१.४.      मुख्य नदीनाला र तालहरु :-

            प्रमुख नदी :-                  कर्णाली, भेरी, बबई, मानखोला ।

            प्रमुख तालहरु :-       बढैया ताल (७० हे.) बढैयाताल गाउँपालिका

                                          लक्ष्मण ताल (३ हे.) बाँसगढी नगरपालिका

                                          भग्रैया ताल (१ हे.) मधुवन नगरपालिका

                                          सिमा ताल (५ हे.) बढैयाताल गाउँपालिका

                                          मानपुरटपरा ताल (२० हे.) राजापुर नगरपालिका

                                          सतखलुवा ताल (१२ हे.) बाह्रबर्दिया

                                          दानुवा ताल (१.५ हे.) ब.रा.नि. भित्र पर्ने

१.५ जनसंख्या :- (२०६८ को जनगणना अनुसार)

            कुल जनसंख्या :- ४२६९४६      महिला 281580 (५१.9 प्रतिशत)  

                                                       पुरुष 205096 (48.1 प्रतिशत)

            घरधुरी संख्या :- 79197         बार्षिक जनसंख्या वृद्धिदर :- (1.1 प्रतिशत)

१.६ धर्म :-

हिन्दु :- ९४.१७        इस्लाम :- ४.६     वौद्ध :- १.०१   क्रिस्चियन :- ४.४

किरात :- ०.०१        प्रकृति :- ०.०१    बहाई :- ०.०१    अन्य :- ०.०४

१.७. भूउपयोग स्थिति :-

खेती योग्य जमीन  :- ७५००० हे.        खेती गरिएको जमीन :-      ६०१०० हे.

वनजंगल   :-       १३७०० हे.        चरन  :-                 ९०० हे.

नदीनाला  :-        १४९०० हे.        वर्दिया राष्टिय निकुञज :-    ९८०० हे.

१.८ वाली उत्पादन :-

मूख्य वाली :- धान, गहुं, मकै        नगदे वाली :- उखु, आलु, तोरी, तरकारी

                    दलहन :-  अरहर, चना, मसुरो      जडीवुटी :- कुरिलो, सतवारी, पिपता, मेन्था, सिट्रोमेला

१.९  जग्गा विवरण :-

            (१)   आवादी जग्गा विवरण :-         

(क)   दर्ता/रैकर जग्गा विवरण :-

                        (ख)   गुठी जग्गा विवरण :-

                        (ग)   सरकारी जग्गा विवरण :-

                        (घ)   सार्वजनिक जग्गा विवरण (बाटो, चरन, खर्क/गोठ, धार्मिक स्थल, सामुदायिक स्थल समेत)

            (२) संरक्षित जग्गा विवरण        

          (क)   संरक्षित वन र राष्ट्रिय वन क्षेत्र :-

(१)   बर्दिया राष्ट्रिय निकुञ्जः–९६८ बर्ग कि.मी.(९८०० हेक्टर)

(२)   मध्यवर्ति क्षेत्र ः– ३१७ बर्ग कि.मी

(३)   कृष्णासार संरक्षण क्षेत्रः– २१७ बर्ग कि.मी.

                        (ख)   सामुदायिक वन क्षेत्र

                        (ग)   नदी/नाला क्षेत्र

                        (घ)   तालतलैया क्षेत्र

 

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)